Fri. Apr 19th, 2024

पुर्ब मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित पहिलो चलचित्र ‘गाजलु’ प्रदर्शनको तयारीमा छ । नेवारी समुदायको कुमारी कथामा केन्द्रित चलचित्रमा उनले अनमोल केसी संग मुख्य भुमिकामा काम गरेकी हुन् ।
फिल्म रिलिजको पुर्ब सनध्यामा अनमोल केहि दिन देखि अष्ट्रेलियामा फिल्म शोमा ब्यस्त छन् । भने,यहाँ ‘गाजलु’ निर्माण समुह प्रचारमा जुटेको छ । राजधानीमा मंगलवार आयोजित मिडिया संगको अन्तकृयामा उनले फिल्ममा काम गर्दा देखिको अनुभब साटेकी छिन् |
यस अघि उनले एक चर्चित हिन्दी गीतमा काम गरेकी थिईन् । जुन म्युजिक भिडियो चर्चित रह्यो भने उनको खुल्ला अबतारको समेत तारिफ संगै केहि हद सम्म आलोचना समेत गरिए । तर,ठुलो पर्दा तर्फ पहिलो पटक काम गरेकी सृष्टीलाई चलचित्रमा अनमोल संग काम गर्दा केहि असहज नभएको अनुभब शयेर गरेकी छिन् ।
चलचित्रको छाँयाकन देखी नै सृष्टी अनमोल संग ब्यक्तीगत रुपमै नजिक रहेको खबर आएका थिए । यद्दपी उनी अहिले सो कुरा स्विकार गर्दिनन् । चलचित्रमा समेत यि दुईको उमेर सुहाउदो नभएको तर्क बितर्क आईरहेका बेला उनले अनमोल संग नजिक नरहेको दाबी समेत गरेकी छिन् ।
तर,फिल्मको सार्बजनिक कार्यक्रममा समेत यि दुई नजिक हुने गरेको देखिन्थे । के अहिले अनमोल र सृष्टी बिचको सम्बन्धमा चिसोपन आएकै हो त ? आउने समयले नै बताउला या त ‘हात्तीको देखाउने दाँत र बाहिरी दाँत अलग भनेझै त होईन सृष्टीलाई नै थाहा होला ।

%d bloggers like this: