Thu. Apr 18th, 2024

निर्देशक योगेश घिमिरेले राधा नामक नयाँ सिनेमा निर्देशन गर्ने भएका छन। राधामा संचिता लुइँटेल र जीवन लुइँटेलले मुख्य भूमिकामा अभिनय गर्ने समेत पक्का भईसकको छ ।
संचिता र जीवन पहिलो पटक राधामा एकसाथ अभिनयमा देखिन आटेका हुन् । नारी शशक्तिकरणको कथामा बन्ने यो सिनेमाको छायाँकन आगामी बैशाख २२ गते देखि सुरु हुनेछ । यसपाली आफ्नो सिनेमा निकै क्वालिटीमा बन्ने र फरकपन देखिने निर्देशक घिमिरेले बताएका छन्, साथै उनले यसका लागी निकै मेहेनत समेत गरिएको पनि बताएका छन ।
प्रदीप भारद्धाले राधाको स्क्रिप्ट लेखेका हुन भने सिनेमाटोग्राफी पुरुषोत्तम प्रधानको रहनेछ । यो सिनेमाको कोरियोग्राफी कविराज गहतराज र एक्सन निर्देशन हिमाल केसीले गर्नेछन । यो सिनेमाको सुटिंग ईलाम, सिक्किम  लगायत स्थानमा हुनेछ ।
रियल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमालाई विश्वमणी दाहाल र सुशिल कार्कीले निर्माण गर्दैछन,   सम्भवत आगामी भाद्र वा असोजमा यो सिनेमा रिलिज हुने छ ।

%d bloggers like this: