
सुरबिना कार्की र मिलन शंकर । नेपालको मोडलिङ क्षेत्रमा चर्चित नाम हो यो । उनिहरुको लुक्स र एक्सेप्रेसनले सबैको तारिफ बटुलिरहेका पनि छन् । मिलन शंकर पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् भने सुरबिना म्युजिक भिडियोसँगै केहि फिल्महरुमापनि देखिदैं आएकि छिन् । उनै मिलन शंकर र सुरबिना अभिनित म्युजिक भिडियो रिलज भएको छ ।
सुन्दरता बोलको गितमा यि दुइको गज्जबको तालमेल देख्न पाइन्छ । देबदत्त भट्ट को शब्द रहेको उक्त गितमा आर.सी रिमालको स्वर र संगित रहेको छ । संगित संयोजन साहास शाक्यले गरेका छन् ।
दिपेन्द्र केसीको निर्दैशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने समुन्द्र रिमाल र पुरन राईले भिडियो निर्माण गरेका हुन् ।
-jukson.com