Fri. Apr 19th, 2024

naya barsha dhamaka
नेपाली नयाँ बर्ष २०७३ को अबसरमा युएईमा रहँदै आएका नेपालीहरुको बीच सांस्कृतिक कार्यक्रम ‘नयाँ बर्ष धमाका’ हुने भएको छ । नेप्लिज कलाकार समुह (नाग) को आयोजनामा हुन लागेको कार्यक्रममा नाम चलेका नेपाली कलाकारहरुले प्रस्तुती दिनेछन् ।
कार्यक्रममा पुर्व ईण्डियन आईडल तथा चर्चित नायक अनि गायक प्रशान्त तामाङ कार्यक्रको मुख्य आकर्षण हुनेछन् । त्यसो त प्रशान्तले नेपालीहरुबाट आयोजना हुन लागेको कुनै पनि कार्यक्रममा पहिलो पटक युएईमा प्रस्तुती दिन लागेका हुन् ।
कार्यक्रममा प्रशान्तका अलावा, गायक बादल प्रसाईं, मोडल नम्रता सापकोटा, अभिनेता तथा भिजे श्याम अर्याल, हाँस्य कलाकार देविराम पराजुली,भिजे विवेक खतिवडा लगायतको समेत विशेष प्रस्तुती रहनेछ । कार्यक्रम आउँदो अप्रिल १४ र १५ मा दुबई, रसल्खेमा र सारजाहमा हुनेछ ।
दुबईको कार्यक्रमलाई सफल बनाउनको लागी बिक्रान्त कार्की र रसल्खेको कार्यक्रमको लागी नेपाली जनप्रगतिशिल मञ्च युएईले संयोजकको भूमिका खेलेको छ । सञ्चारकर्मी श्याम अर्यालसँगको सहकार्यमा उनको फिल्म ‘मरिना’ निर्माणको क्रममा छ । उक्त संस्थाले अहिलेसम्म नेपालबाट अभिनेता भुवन केसी र अनमोल केसी, गायिका अनु ढकाल लगायतका कलाकारहरुलाई युएईमा पुर्याई विभिन्न कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेको छ ।
मिजल पिक्चर्स प्रोडक्शन प्रालीको सह आयोजनामा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

%d bloggers like this: