Thu. Apr 25th, 2024

dipak ghimire
अमेरिकाको न्यूयोर्कमा अन्तरास्ट्रिय शत्रको एक फेशन इभेन्टमा लाई नेपाली दौरा, सुरुवाल  र ढाका टोपी लगाई नेपाली मोडल दिपक घिमिरेले र्याम्प वाक गरेका छन ।
नेपालमा मोडलिङ तथा इभेंटको क्षेत्रमा राम्रो पहिचान कायम गरेका दिपक न्यूयोर्कको चर्चित फेशन शो ‘कन्टुर फेशन विक’ को २३औं शृंखलामा क्याटवाक गरेर नेपालीको पहिचान राखेका हुन् ।
उनले उक्त फेसन शोले नेपाली पहिरन र संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पुगेको र सबैले आफ्नो तारिफ गरेको समेत बताए । गएको १३ फेब्रुअरी साँझ उनी ‘नेपाली थिम’ मा प्रस्तुत भएका हुन् । उक्त फेशन विक र वल्र्ड फेशन परेडको संयुक्त आयोजनामा सम्पन्न फेशन शोमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बिजयी मोडेललगायत ४ जनालाई नेपाल आउन निम्तो दिएका छन् ।
dipak ghimire
फेशन शोका दौरान नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी तस्बिरहरुको ‘स्लाइड शो’ समेत देखाइएको थियो । त्यस्तै, कार्यक्रममा नेपाली मादलको धुनमा डिजे राजुद्वारा फ्यूजन गरिएको क्याटवाक म्युजिकल धुनमा विश्वको विभिन्न देशका ११ मोडलहरुले अमेरिकाका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालको राईजिङ ईण्टर्नेशनल कम्पनीद्वारा तयार पारिएको नेपाली फ्याब्रिकको विभिन्न परिधानहरु प्रस्तुत गरेका थिए ।
fashion-Show 03
मोडलहरुको क्याटवाकलाई नेपाली मोडल दीपकले नेतृत्व गरेका थिए । उक्त फेशन शोको संयोजन को–अर्डिनेटर सर्मिश्ता महर्जनले गरेकी थिइन् । अध्यक्ष राजा घिमिरेका अनुसार ‘वल्र्ड फेशन परेड’ आगामी दिनहरुमा विश्वभर प्रदर्शन हुनेछ ।

%d bloggers like this: