Fri. Apr 26th, 2024

namaste-nepal
युरोपमा रहेका नेपाली गोर्खालीहरुको कथामा बनेको सिनेमा ‘नमस्ते नेपाल’को ट्रेलर, गीत तथा पोष्टरहरु सार्वजनिक गरिएको छ ।
मंगलबार एक प्रेस मिटको आयोजना गर्दै सिनेमाको जानकारी समेत दिइएको हो , यो सिनेमाको लेखन तथा निर्देशन चर्चित नृत्य निर्देशक राजु शाहले गरेका हुन् ।
सिनेमालाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाको ट्रेलरमा माया प्रेम,रोमान्स, देशको माया अनि पात्रहरुको संघर्ष र एक्सन पनि देखाईएको छ ।
‘नमस्ते नेपाल’ले  नेपालको सगरमाथा, गौतम वुद्धको जन्मस्थल लुम्बिनीको बिषयलाई र देशभक्तका कुरा पनि उठाएको निर्माण पक्षले बताएको छ भने  ।
Namaste-Nepal-1
सिनेमामा सविन श्रेष्ठ मुख्य भूमिकामा छन भने अन्ना कलान्डेज, अनुजा प्रधान, श्याम श्रेष्ठ, म्यूजिका श्रेष्ठ, नरेन्द्र थापा, पार्वती अधिकारी, सनम कुमार वैराग, कमला दाहाल, गोपाल ढकाल लगायतको अभिनय छ ।
निर्माता उदयले बताए अनुसार यो सिनेमाको प्रदर्शन यूरोपको वेल्जियम लगायत देशमा समेत गरिने छ । सिनेमामा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको द्धन्द्ध, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ ।
यो सिनेमाको छयांकन जर्मन, बेल्जियम, लक्जेम्बर्गमा जस्ता स्थानमा गरिएको छ । सम्भवत यो सिनेमा आगामी बर्षको साउनमा पर्दशनमा आउने बुझिएको छ ।

%d bloggers like this: