Thu. Mar 28th, 2024

Bhuwan-Kc-and-Anmol-Kcअभिनेता भुवन केसी यतिबेला आफ्ना छोरा अहिलेका हट केक अनमोल केसीलाई लिएर दुबई लागेका छन । बरदुबईमा शुक्रबार आयोजना हुने साँस्कृतिक एंव परिचयात्मक कार्यक्रमका लागि छोरा उनीहरु त्यहाँ पुगेका हुन् ।
यी दुई बाबु छोरालाई नेपाली कलाकार समुह दुबईले बुधबार इयरपोर्टमा भब्य स्वागत पनि गर्यो । गत महिना अर्का अभिनेता आर्यन सिग्देलले उक्त समुहको कार्यक्रम उद्घाटन गरेका थिए जसले नेपाली कलाकार र नेपाली फिल्मको विदेशी बजार विस्तारको लक्ष्य राखेको छ ।
उक्त समुहका सदस्य तथा निर्माता रतन थापाले नायिका रेखा थापा लाई लिएर यस वर्षको तीज उत्सव कार्यक्रम समेत आयोजना गरेका थिए । भुवन र अनमोल सहभागी हुने कार्यक्रम पनि भव्य रुपमा सफल हुने आयोजकले विश्वास लिएको छ ।
भुवन द्वारा निर्मित तथा निर्देशित तथा अनमोल अभिनित सिनेमा ‘ड्रिम्स’को छयांकन सकी यतिबेला पोस्ट प्रोडक्सनमा छ, उता अनमोलले आफ्नी आमा सुस्मिता बम्जन संग निर्माताको रुपमा ‘म त तिम्रै हु’ नामक सिनेमा निर्माण गरिरहेका छन  ।

%d bloggers like this: