Mon. Jun 5th, 2023

jau hida pokharaसिनेमा जाऊ हिड पोखराको प्रचारप्रसार अहिले ब्यापक चलिरहेको छ । यस सिनेमाका निर्देशक शोभित बस्नेत पब्लिसिटीमा तन मनले खटिरहेका छन ।  
पब्लिसिटी बिना सिनेमा चलन नसक्ने कुरालाई ध्यानमा राखी निर्देशकले प्रचार प्रसारको अनेक उपाय लगाएका छन। यसै बीच जाऊ हिड पोखराका लागि सिनेमा उद्योगका थुप्रै  चर्चित अनुहारको साथ पनि मिलेको छ । अहिले सर्वाधिक चर्चामा रहेका निखिल उप्रेती, अनमोल केसी देखि इन्डियन आइडल प्रशान्त तामाङ, अभिनेताहरु धिरेन शाक्य, शिव श्रेष्ठ, शंकर बिसी, गौरव पहारी लगायतले फिल्मको प्रचारमा सहयोग पुर्याउदै फिल्मलाई शुभकामना दिएका छन ।
उनीहरुले फिल्मले दर्शकको चाहना पुरा गर्नेमा आशावादी रहेको बताए । जाऊ हिड पोखरा शोभित बस्नेत निर्देशित २५ औ फिल्म हो । फिल्म आउदो असोज ११ गते रिलिजको तयारीमा छ । फिल्ममा रेखा थापा, जिवन लुईटेल, जिके शर्मा लगायतको अभिनय रहेको छ ।
 

%d bloggers like this: