Fri. Mar 29th, 2024

आगामी पुष १० गते बाट प्रदर्शन आउने सिनेमा “आधा पेज”को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर परेर चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपानेलाई देख्न सकिन्छ । सार्बजनिक पोस्टरहरु निकै आकर्षक बनेको छ ।
12227916_912749035480194_147939390_o
“आधा पेज”समुन्द्र भट्टको निर्देशनमाबनेको सिनेमाहो । सिनेमामा बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,सारिका न्यौपाने, अशिम आरडीको पनि अभिनय रहेको छ ।रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।
रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।चलचित्रमा रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।
12242220_912749028813528_1993198848_n
चलचित्र “आधा पेज” ले यस अघि नै देशका आठ सहरमा चलचित्रको फेसबुक पेजलाई इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ भन्दै प्रचार प्रसार सुरु गरि सकेको छ ।
तिहार लगतै पत्रकार सम्मेलन मार्फत चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिने चलचित्रका निर्माता लीला बहादुर न्यौपानेले जानकारी दिनु भयो ।

%d bloggers like this: