Mon. May 6th, 2024

नेपाली चलचित्रका चर्चित खलनायक पुष्कर भट्टलाई अब श्रिलंकाली फिल्ममा पनि देख्न पाइने भएको छ । केहि दिन अगाडी श्रिलंकाको एक चर्चित पत्रिका ‘लंकादिप’ले समाचार प्रकाशन गर्दै यस्तो खबर बाहिर ल्याएको हो । उक्त पत्रिकामा नेपाली कलाकार पुष्कर भट्ट श्रीलंकाली फिल्म खेल्दैं भनेर समाचार प्रकाशन गरिएको थियो । श्रिलंकाली फिल्मका चर्चित निर्देशक रोदनी रत्नाले पुष्करलाई श्रिलंकाली फिल्म खेल्ने अवसर दिन लागेका हुन् । नेपालमा छायांकन हुने नाम नखुलाइएको चलचित्रमा खलनायक पुष्कर भट्ट मुख्य भुमिकामा रहने छन् । चलचित्र पुर्ण रुपमा श्रिलंकाली भाषामानै निर्माण हुने निर्देशक रत्नाले जानकारी दिए ।

उनले भने -‘पुष्कर भट्टको चलचित्रहरु मैले यूटुवमा धेरै पटक हेरेको थिए र मैले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पुष्कर भट्ट सुहाउँदो कलाकार भएका कारण हामीले उहाँलाई लिने निर्णय गरेका हौं ।’ करिब २ सातापछि नेपाल आउन लागेको जानकारी दिदैं निर्देशक रोदनी रत्नाले नेपाल आएपछि नै चलचित्रको नाम पनि छनोट गरिने जानकारी दिए ।

pusker

श्रिलंकाली भाषामा चलचित्र निर्माण हुने भएकाले कलाकार पुष्कर भट्टलाई केहि असहज भने पक्कै हनेछ तर हामीसँगको कुराकानीमा पुष्कर भन्छन् -‘अहिले उक्त चलचित्रकै लागी भनेर अहिले म श्रिलंकाली भाषा सिक्दैं छु ।’  उनी अगाडी भन्छन् -‘यो मेरो लागी अवसर र चुनौती दुवै हो किनकी नेपाली कलाकारलाई श्रिलंकाली फिल्मको अफर आउनु त्यो जस्तो खुसीको कुरा के हुन्छ होला र ? त्यसैले यस चलचित्रको लागी अहिले म पूर्व तयारी स्वरुप श्रिलंकाली भाषा सिक्दैं गरेको छु । श्रिलंकाली भाषामा चलचित्र निर्माण हुने भएकाले मलाई केहि गाह्रो हुन्छ होला तर त्यसको लागी अहिले म तयारी गरिरहेको छु ।’  सूदुरपश्चितको कञ्चनपुरस्थित दैजी गाविसमा २०३० सालमा जन्मिएका पुष्करले अहिलेसम्म करिब नेपाली चलचित्रहरु मात्रै १०० वटा भन्दा बढि गरिसकेका छन् भने भोजपुरी चलचित्र पनि उनले २ दर्जनौं भन्दा बढि गरिसकेका छन् ।

puskar batta

 श्रिलंकाको एक चर्चित पत्रिका ‘लंकादिप’ले पुष्करको बारेमा छापेको पत्रिका 

कुनै दिन बलिउडको सुपरस्टार बन्छु भनेर भारत छिरेका पुष्करलाई अब श्रिलंकाली फिल्ममा पनि देख्न पाउने कुराले यति बेला उनका फ्यानहरु गदगद भएका छन् । नाम नखुलाइएको श्रिलंकाली फिल्मको छायांकन ०७२ साल सगैं सुरु हुने पनि पुष्करले जानकारी दिए । हाल पुष्कर रक्क्षन्दा प्रा.लीको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रामजाने’को छायांकनका लागी सूदुरपश्चिममा रहेका छन् । केही दिन अगाडी मात्र ‘कसैलाई नभन्नू’ चलचित्रको छायांकन सकाएका पुष्करको पछिल्लो प्रदर्शनमा आएको नेपाली चलचित्र भने ‘हिम्मतवाली’ हो ।

%d bloggers like this: