Fri. Apr 19th, 2024

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्की कोइचिन अब वास्तविक रुपमा नै टाढिने भएका छन् । कल्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै डिभोर्सका लागि अदालतमा निवेदन दिईसकेको खुलासा गरेकी हुन् । ‘अहिले म राम्रो र खुला स्थानमा छु, गत वर्ष मेरो जीवन संघर्षपूर्ण थियो, म कहाँ जाँदैछु भन्नेसम्म मलाई थाहा थिएन,’उनले भनेकी छन्, ‘तर अहिले हामीले आ–आफ्नो बाटो रोजिसकेका छौं, हामीले धेरै अगाडि नै डिभोर्सका लागि निवेदन दिईसकेका थियौं र यसको फैसला पनि चाँडै हुँदैछ । अनुराग र कल्की सन् २००९ मा फिल्म ‘देव डी’को सुटिङताका प्रेममा परि दुई वर्षपछिको अप्रिलमा वैवाहिक जीवनमा बाँधिएका थिए ।

kalki-anurag-divorce

यो सम्बन्धविच्छेद हुनुको मुख्य कारण नायिका हुमा कुरेसीलाई लगाइएको छ । अनुरागसँग हुमा चलचित्र ग्यांग्स अफ वासेपुर २ काम गर्दादेखि नजिकिएकी थिइन् । त्यसो त अनुराग कल्कीसँग पनि फिल्म देव डीका क्रममा नजिकिएका थिए । उक्त फिल्ममा नायिका बनाइएकी कल्कीले सन् २०११ अप्रिलमा बिहे गरेकी थिइन् । कल्कीसँगको उनको बिहे पहिलो भने होइन । यसअघि कलेजकी नौ वर्षदेखिकी प्रेमिकासँग बिहे गरी सन्तानका बाबु समेत बनेका अनुरागलाई पहिलो पत्नीले छोडेकी थिइन् । चलचित्र पाँचको रिलिज हुन नसकेपछि तनावमा उनी रक्सीमा डुब्न थालेपछि पहिलो पत्नीले छोडिदिएकी थिइन् । तर यतिबेला कल्कीसँगको डिभोर्समा भने हुमालाई आरोप लगाइएको छ । हुमाले भने -‘उक्त हल्लालाई पूरै खण्डन गरेकी छैनन् । मलाई यस्ता कुराको कुनै पर्वाह छैन तर त्यत्ति हो, यसले गर्दा मेरो परिवारमा असर नपरोस्’,उनले भनेकी छन् ।

%d bloggers like this: