विराटको पाखुरा समात्दैं जब अनुष्का देखिइन्…..

जारी आइसिसी विश्वकपको सेमिफाइनलमा भारतले अष्ट्रलियासँग हारेपछि भारतमा केही समर्थकले खेलाडीको चर्को आलोचना गरे। सबैभन्दा बढी उपकप्तान विराट कोहलीको आलोचन भयो। सेमिफाइनलमा उनले १३ बलमा जम्मा १ रन बनाएका थिए। आलोचना खेलाडीको मात्र भएन। रंगशालामै रहेकी बलिउड अभिनेत्री अनुष्का शर्माको पनि सामाजिक सञ्जालमा खिल्ली उडाइयो। कारण, अनुष्का र विराटको प्रेम सम्बन्ध थियो।

birat and anuska

बलिउडका कलाकार र भारतीय क्रिकेटका केही खेलाडीले अनुष्काको आलोचनाको राम्रो नभएको बताएका छन्। तर फ्यान र मिडियाले भने यो जोडीलाई पछ्याउन छोडेको छैन। अष्ट्रेलियाबाट भारत फर्किने क्रममा शनिबार यो जोडी हात समाउँदै चखेवाको जोडीजस्तै गरी मुम्बई बिमानस्थलमा देखियो । विमानस्थलबाट निस्कने बेला विराटले अनुष्काको हात समातेका थिए। पछि अनुष्काले विराटको पाखुरा समातेकी थिइन। अनुष्काले जतिसुकै आलोचना भएपनि आफूहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताइसकेकी छन्।