Fri. Apr 26th, 2024

छोटो समयमा नै दर्शकहरुको मन जित्दैं गएको चर्चित हाँस्य टेलिश्रृखला भद्रगोलको टिम यति बेला देश विदेशका भइरहेका कार्यक्रममा सहभागी हुन दौडिरहेको छ । केहि समयदेखी आर्थिक चलखेलका कारण बन्द रहेको भद्रगोलका जिग्री (कुमार कट्टेल) लेसोलमारी कटेजमा टुच्च लाउन बोल्ने थेगोले अब कटेजको नाम पाएको छ । बुटवलको ट्राफिक चोकमा सोलमारी कटेजको पाँडे, जिग्री र सीते बाले उद्घाटन गरेका छन् । युनिट फाष्टफुड रेष्टुरेण्टले संचालन गरेको ‘सोलमारी कटेज’ भद्रगोल हाँस्य टेलिश्रृंखलका तीन कलाकारहरुले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

Kumar-kattel-site-ba

लामो समयदेखि संचालित क्याफेलाई नयाँ व्यवस्थापनसहित चाईनिज, ईण्डियन तथा कन्टिनेन्टल परिकारहरु पाईने गरि संचालमा ल्याईएको कटेजका संचालक सुदर्शन सिग्देलले जानकारी दिए । शान्त र रमणीय वातावरणका साथै गुणस्तरीय सेवा दिने उद्देश्यले यो रेष्टुरेण्टलाई संचालनमा ल्याएको सञ्चालक सिग्देलले बताए । विज्ञापन उठाउने कम्पनी भिजन एडभरटाईजिङले सिद्धार्थ बैंकमा राखेको ५ करोड ८६ लाख रुपैयाँ बराबरको धितो रकम नक्कली भएको पुष्टि भएपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने जिरे खोर्सानी र भद्रगोलको प्रसारण नै रोकिएको हो ।

%d bloggers like this: