Fri. Apr 26th, 2024

सायद र होस्टेल जस्तो सफल चलचित्र दर्शकमाझ पस्किसकेका निर्माता सुनिल रावललाई यति बेला निकै ठुलो समस्या आइपरेको छ । किन जान्न चाहानु हुन्छ ? यदि चाहानुहुन्छ भन्ने पढ्नुहोस् सायद र होस्टेलको अपार सफलता नै हो निर्माता रावलको ठुलो समस्या,किनकी उनले निर्माण गरेको चलचित्र होस्टेल रिटन्र्स बैशाख २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

होस्टेलको सिक्वेल रहेको होस्टेल रिटन्र्सलाई हिट बनाउन यति बेला निर्माता रावललाई रातमा समेत राम्रोसँग निन्द्रा लाग्ने नगरेको उनी आफैं बताउँछन् । चलचित्र होस्टेल सफल भएपछि होस्टेल रिटन्र्स निर्माण गरेका सुनिल रावलले होस्टेल रिटन्र्सलाई पनि सफल बनाउन हरप्रयास गरिरहेका छन् तर पनि पछिल्लो समय प्रदर्शनमा आएका प्राय चलचित्रको व्यापार राम्रो नदेखेर निर्माता रावल पनि केहि निराश भने देखिएका छन् ।

sunil rawal

सायद यो कारणले पनि हुन सक्छ निर्माता रावललाई रातमा निन्द्रा नलागेको तर हाल चलचित्रको जम्बो यूनिटनै प्रचार प्रसारमा भने आक्रमक तरिकाले अगाडी बढिरहेको छ । विभिन्न ठाउँहरुमा गएर चलचित्रको प्रोमोनै लाइफ प्रस्तुत दिदैं आएको चलचित्रयूनिटले हाल सबैले पढ्नुपर्छ शिक्षा नै मानिसको मुख्य हतियार हो भन्ने अभियानमा अगाडी बढ्को छ ।

दुर्गम बस्तीका बालबालिकाहरुको शिक्षाका लागी समेत सहयोगी हात अगाडी बढाएको होस्टेल रिटन्र्सले कतिको सफलता हात पर्छ त्यो भने बैशाख २५ नै कुर्नु पर्ला तर हाल नेपाली चलचित्रका विश्लेषकहरुले होस्टेल रिटन्र्स पनि सफल हुने बताउँछन् ।  छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

%d bloggers like this: