Thu. Mar 28th, 2024

पूर्वमा अधिकांश छायाँकन भएको नेपाली चलचित्र ‘पार्सल’को छायाँकन सकिएको छ । लाहुरेहरुले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयमा निर्माण भएको यस चलचित्रको अधिकांश छायाँकन पूर्वमा गरिएको हो । ‘पार्सल’को काठमाडौको एयरपोर्टदेखी पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम ,धरान, महेन्द्रनगर लगायतका पर्यटकीयस्थलमा छायांकन भएको थियो । निर्माणपक्षले धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको सम्पुर्ण छायांकन सकिएको औपचारिक जानकारी दिएको छ ।

parsal

पत्रकार सम्मेलनमा अब चलचित्र ३ महिनापछि प्रदर्शनमा ल्याइने जानकारी पनि गराइएको थियो । धरानका रविन श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘पार्सल’मा सिंगापुर प्रहरीका इन्स्पेक्टर प्रभु श्रेष्ठ नायक र सृजना फागो लिम्बुले नायिकाका रुपमा अभिनय गरेका छन् । ४१ दिनमा छायाँकन सकिएको चलचित्रमा विक्रम सिंह, सोनु जयन्ती, प्रेसिका निरौला, पुजा तामाङ, किशोर सम्बाहाङ्फे लगायतले अभिनय गरेका छन् । युवराज राईको छायाँकन रहेको ‘पार्सल’को सह-निर्देशन बसन्त अधिकारीले गरेका छन् । रोश्नी चलचित्र प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको ‘पार्सल’लाई प्रभु श्रेष्ठले नै लेखेका हुन् ।

%d bloggers like this: