Fri. Apr 19th, 2024

केहि दिन अगाडी मात्र चितवनमा छायांकन सम्पन्न भएको चलचित्र होमर्वकमा सहायक निर्देशकको रुपमा काम गरेका कल्याण अधिकारीले आफ्नो लगानी र निर्देशकमा ‘यो पागल मन’ निर्माण गर्ने भएका छन् । वुधबार नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा निर्देशक एंव निर्माता निरक पौडेलले नरिवल फोड्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरेका थिए । बैशाख दोस्रो साता देखि फ्लोवरमा जाने ‘यो पागल मन’को वुधबारबाट नै गीत रेर्कडिङ पनि सुरु भएको छ । “पटियाला कुर्ता लगाउ कान्छी यार” बोलको गीत वुधबार रेकर्ड गराइएको हो । गीतमा दयाराम पाण्डेको शब्द, अर्जुन पोखरेलको संगीतमा गायक राजेश पायल राईले आवाज दिएका छन् ।

yo pagal man

सामिप्यराज तिमल्सिनाको कथा लेखन रहेको चलचित्र यो पागल मनमा राज देवि प्रोड्क्सनको ब्यानरमा निर्माण हुनेछ । काडमाडौं, पोखरा र चितवन लगायतका स्थानमा छायाँकन गरिने चलचित्र सम्राट सापकोटाले खिच्नेछन । तर, हालसम्म चलचित्रका लागी कलाकार छनोट नगरिसकिएको निर्देशक कल्याण अधिकारीले जानकारी दिए । उनी भन्छन् -‘चाडैंनै चलचित्रका लागि स्टार काष्ट फाईनल हुनेछ ।’ चलचित्रको औपचारिक घोषणा गरेपछि कार्यक्रममा बोल्दैं निर्देशक कल्याण अधिकारीले चलचित्र होमवर्क छायाँकन समयमा आफुले निर्देशक निरक पौडेलबाट धेरै कुरा सिकेका कारण पनि ‘यो पागल मन’ निर्देशनमा जुटेको जनाए । चलचित्र लभ, रोमान्स र कमेडी श्रेणीको हुनेछ । चलचित्रका लागि एनएफडिसीको सहयोग रहेका कारण पनि कुनै कुरामा कम्र्पमाईज नहुने निर्देशक अधिकारीले जनाए ।

%d bloggers like this: