‘मिसन इम्पोसिबल–५’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

mission imposi

जुलाई ३१ मा रिलिज हुन लागेको टोम क्रुजको धमकेदार एक्सन फिल्म ‘मिसन इम्पोसिबल–५’को ट्रेलर सार्वजनिक भएको छ । हलिउडमा पहिलो श्रृखलाबाट नै उत्कृष्ट व्यापार गरेको ‘मिसन इम्पोसिबल’को यो पाँचौ श्रृखंला हो। क्रिस्टोफर म्याक्वायरको निर्देशन रहेको फिल्ममा टोम क्रुज,जेर्मी रेनर, साइमन पेग, भेङ रेमस आदिको अभिनय रहेको छ। यस फिल्ममा टोम क्रुजले छायांकनको बेला ५ हजार फिट उचाइमा उडिएको प्लेनबाट हामफालेर खतरनाक स्टन्ट गरेका थिए । एक्सन र रोमान्सले भरिएको फिल्म मिसन इम्पोसीबलका अघिल्ला सिरिजलाई दर्शकले अत्याधिक रुचाएका थिए। क्रुजले अभिनय गरेको अघिल्लो फिल्म मिसन इम्पोसिबल–४ धेरै उचाइ भएको ब्रुर्ज खलिफामा पनि उनले यस्तै स्टन्ट गरेका थिए। सन् २०११ मा रिलिज भएको सो फिल्मले ७ सय मिलियन डलर कमाएको थियो ।