Thu. Apr 25th, 2024

यहि चैत २७ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘हवल्दार सुन्तली’ले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । आइतबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि ‘हवल्दार सुन्तली’लाई यूनिभर्सल सर्टिफिकेट दिएका थिए । कुनै पनि दृश्यमा कैची नचलाई सेन्सर बोर्डले ‘हवल्दार सुन्तली’लाई यूनिभर्सल सर्टिफिकेट दिएको चलचित्रका कार्यकारी निर्माता छबिराज ओझाले जानकारी दिए ।

hawoldar suntali

अब यस चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । छविराज प्रोडक्सनको व्यानरमा छवि राज ओझाले निर्माण गरेको चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पा पोखरेलले सुन्तली धामीको भुमिका निर्वाह गरेकी छिन् । चलचित्रमा सबिन श्रेष्ठ र किशोर खतिवडाले पनि मुख्य भुमिका गरेका छन् । यो चलचित्रलार्इ ऋषि लामिछानेले निर्देशन गरेका हुन ।

%d bloggers like this: