Thu. Apr 25th, 2024

शुक्रबार मात्र चर्चित छायांकार पुरुषोत्तम प्रधानकी श्रीमतीको निधनका कारण नायक भुवन केसीले निर्माण र निर्देशन गर्ने चलचित्र ‘ड्रिम्स’ को छायाँकन केहि दिनका लागी स्थगित भएको छ । चलचित्र ‘ड्रिम्स’लाई पुरुषोत्तम प्रधानले नै खिच्ने सम्झौता भएको थियो तर शुक्रबार मात्र पुरुषोत्तम प्रधानकी श्रीमतीको निधन भएपछि अब ‘ड्रिम्स’को छायांकन केहि दिन पर लम्भिने भएको छ ।

anmol

मुस्ताङदेखि छायाँकन सुरु गर्ने योजना रहेको ‘ड्रिम्स’को चैत ७ गतेबाट छायांकन सुरु हुने भनिएको थियो तर अब चलचित्रको छायांकन करिब १५ दिन पछि मात्र हुने बताइएको छ । अनमोल केसी र सन्ध्या भण्डारीको मुख्य भुमिका रहने यस चलचित्रलाई नायक भुवन केसीले पहिलो पटक निर्माण र निर्देशन गर्न लागेका हुन । हिन्दू परम्परा अनुसार दिवंगत व्यक्तिको नाममा आफन्तले १३ दिनसम्म जुठो बार्ने र क्रियाप्त्री बस्ने चलन छ । सोहि अनुरुप पुरुषोत्तम प्रधान अब १३ दिनसम्म काहिपनि निस्नक पाउने छैनन् । स्रोतले जानकारी दिए अनुसार पुरुषोत्तम प्रधान उक्त जुठोबाट उत्रन साथ चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

%d bloggers like this: