Thu. Apr 25th, 2024

गायक सन्तोष गुरुङको मोमोरिज एल्बममा समाबेश ‘म त सधै ‘ नामक बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एसियन म्युजिक सेन्टरद्वारा बजारमा ल्याएको मेमोरिज एल्बममा रहेको ‘म त सधै’ गितमा सन्तोष गुरुङको एकल आवाज रहेको छ भने रुपा ढकालको शब्द रहेको छ । मोहित मुनालको संगित रहेको गीतमा अशोक कुमार बस्नेतको छायांकन रहेको छ ।

क्यानभास प्लस मल्टीमिडिया टिमको निर्देशनमा बजारमा आएको  ‘म त सधै’को ज्ञारेन्द्र गोपालीले सम्पादन गरेका हुन् । ०६२ सालमा कन्याममा चिया टिप्ने ठिटी नामक गित रेकडिङ गरेर गायनमा आफ्नो पाईला बढाएका गुरुङले २०६९ सालमा ‘सुनसान रात’ गितवाट वेष्ट न्यु आर्टिसमा ईमेज अवार्ड समेत हात परिसकेका छन् । भिडियोमा दिपिका सुयाल देखिएका छन् ।

%d bloggers like this: