Mon. May 20th, 2024

नेपाली कमेडी फिल्म ‘बिर्खेलाई चिन्छस्’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा राम्रै व्यापार गरेको यस फिल्म आगामी अप्रील १८ र १९ मा सिड्नीको हष्र्टभिल सिभिक थिएटरमा प्रदर्शन हुने भएको हो । अष्ट्रेलियाको कम्पनी स्मार्ट राइनो ग्रुपले फिल्म प्रदर्शनको जिम्मा लिएको हो ।

birkhelai-chanxas

यस अघि गरेका सबैजसो इभेन्टमा नेपालीको उत्साहजनक सहभागिता रहँदै आएकाले बिर्खेलाई हेर्न समेत धेरै जना आउनेमा राइनो ग्रुप विश्वस्त छ । यो फिल्म नेपालमा गएको भदौं २० गते प्रदर्शनमा आएको थियो । चर्चित निर्देशक सुरज सुब्बाका आधा दर्जन फिल्ममा मुख्य साहायक निर्देशक भई अनुभव बटुलेका अराज केशव गिरी यस फिल्मका निर्देशक हुन । फिल्ममा सुवास थापा सहित, शिशिर भण्डरी सुरेश उप्रेती, शिशिर राणा, विनिता खड्का, बालदीप राई तथा आयुषा राई मुख्य भूमिकामा छिन् ।

%d bloggers like this: