असफलताको माझमा अक्षयको ‘ब्रोदर्स’

बलिउडको पर्दामा खासै नछुट्ने नायक अक्षय कुमार अभिनित चलचित्रहरुले बलिउड बक्स अफिसमा खासै कमाल गर्न नसकेपनि अक्षय भने एकपछि अर्को गदैं विभिन्न चलचित्रमा देखिरहने नायकको रुपमा चिनिन्छन् । केहि महिना अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र बेबीले खासै राम्र्रो व्यापार नगरेपछि केहि निराश बन्न पुगेका अक्षयले अभिनय गरेको अर्को नयाँ चलचित्र ‘ब्रोदर्स’को फष्टलुक पोष्टर रिलिज भएको छ ।

brother

सार्वजनिक पोष्टरमा अक्षयलाई फरक लुक्स्मा देख्न सकिन्छ । फिल्मको सार्वजनिक गरिएको पोष्टरमा उनि संगै सिद्धार्थमलहोत्रा र ज्याकी श्राफ पनि फरक लुक्समा देखिएका छन् । फिल्मकी नायिका ज्याक्लिन फर्नान्डेज हुन् । फिल्म आउदो अगस्त १४ मा रिलिज हुनेछ ।करण मलहोत्राको निर्देशनमा तयार भएको यस फिल्ममा करण जोहरको लगानी रहेको छ ।