Sun. Jun 4th, 2023

हलिउड अभिनेता विल स्मिथले फेरी गीत गाँउने भएका छन। एक टि.भी कार्यक्रममा उनले उक्त खुलासा गरेका हुन। उनले केही एल्बमहरु निकाल्ने योजना बनाइरहेका छन। आठ वटा एल्बम निकालिसकेका स्मिथले पछिल्लो एल्बम ‘लस्ट एण्ड फाउन्ड’ सन् २००५ मा निकालेका थिए। उनको आगामी एल्बमका लागि छोरा जैडनले पनि सघाइरहेका छन। स्मिथले १८ वर्षको उमेरबाट गाउन थालेका थिए। तर फिल्ममा अभिनय गर्न थालेपछि उनले गाउन छोडेका थिए।
 

%d bloggers like this: