Fri. Apr 26th, 2024

रिलिज मिति हालसम्म सार्वजनिक नगरिएको चलचित्र जंग बहादुरको कोटको अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा विमलेश अधिकारी,अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक पोष्टरमा जंग बहादुरको रातो कोटलाई पनि देखाइएको छ । आर्कषक रुपमा निर्माण गरिएको पोष्टरले दर्शक हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ ।

jan bahadur

यस चलचित्रलाई नव निर्देशक आशिष भेटवालले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर भनिएको चलचित्रमा जंगबहादुर राणाको कोटको बिषयलाई देखाइएको छ भने चलचित्रमा जंगबहादुरको जीवनी भने नउठाइएको निर्देशक आशिष भेटवाल जानकारी दिएका छन् । चाडैं नै प्रदर्शनमा ल्याउन लागीएको चलचित्रलाई जयन खड्काले लगानी गरेका छन् । अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रमा विमलेश र सुचित्राका अलावा अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

%d bloggers like this: