Sat. Apr 20th, 2024

फागुन २२ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ यूनिट यतिबेला चलचित्रको प्रचार प्रसारमा व्यापक रुपमा अगाडी बढिरहेको छ । प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्रको जम्बो यूनिटनै प्रचार प्रसारमा अगाडी बढेको हो । सस्पेन्स तथा थ्रिलर कथा बोकेको चलचित्र ‘झिग्राना’ले एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई देखाउन खोजेको छ । त्यो दुर्गम गाउँमा एउटा कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिन्छ ।

zhijrana

यही समुहले ‘झिग्राना’ गाउँमा भोगेको विभिन्न रहस्यमय घटनालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन छ । गोल्डन याक इन्टरटेन्मेन्टले आफ्नो निर्माणमा तयार भएको पहिलो चलचित्र ‘झिग्राना’को लेखन तथा निर्देशक पासाङ लामाले गरेका हुन् ।

%d bloggers like this: