Thu. Apr 18th, 2024

यति बेला संसारभरनै आतंक मच्चिारहेको स्वाइन फ्लुले बलिउड अभिनेत्री सोनम कपुरलाई पनि छाडेन । उनलाई पनि स्वाइन फ्लुको संक्रमण देखिएको छ । शनिबार कपुरको रगतको नमुना परीक्षण गरेपछि उनमा स्वाइन फ्लुको संक्रमण भएको पुष्टी भएको इण्डीया टुडेले जनाएको छ । चलचित्र प्रेम रतन धन पायोको छायाँकनको क्रममा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि रगत परीक्षण गर्दा स्वाइन फ्लु पोजेटिभ भेटिएपछि उनलाई चाटर्ड विमानबाट मुम्बइ पुर्‍याइएको उक्त अनलाइनले उल्लेख गरेको छ । सोनम गुजरातको राजकोट नजिक अभिनेत्रा सलमान खानसँगै १० दिनदेखि चलचित्रको छायांकनका लागि व्यस्त थिइन् ।

%d bloggers like this: