Fri. May 9th, 2025

dipika
बलिउडमा अभिनेत्रीहरुले गीत गाउने लहर नै चलेको छ। प्रियंका चोपडा, श्रद्धा कपुर, परिणिति चोपडा, आलिया भट्ट पछि अब दिपिका पादुकोण पनि सो सूचिमा थपिएकी छिन। चर्चामा आए अनुसार दिपिकाले इम्तियाज अलिको आगामी सिनेमा ‘तमाशा’मा गीत गाउने भएकी छिन छिन। एक अग्रेजी दैनिकका अनुसार दिपिकाले ए आर रहमानको संगीतमा आफ्नो स्वर दिनेछिन। गीतको तयारीका लागि हालै दिपिका इम्तियाजसँग रहमानलाई भेट्न गएकी थिइन। सो भेटघाटको तस्वीरलाई रहमानले आफ्नो फेसबुक र ट्वीटरमा पोस्ट गरेका छन।