Mon. May 20th, 2024

फागुन २९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र किल्ला सेन्सर बोर्डमा गएर रोकिएको छ । राजनीतिक पृष्ठभूमिमा आधारित चलचित्र किल्लालाई सेन्सर बोर्डले रिसुट गर्नु पर्ने जनाउदै सेन्सर रोकेको कुरा चलचित्रका निर्देशक हिमाल केसीले जानकारी गराएका छन् । चलचित्रले पार्टीेगत आस्था राखेको भन्दै सेन्सर बोर्डले सेन्सर नगरेको चलचित्रका नायक एव निर्माता सुवास मेचे बताउछन् ।

killa

किल्ला मेचेको निर्माणमा तयार चलचित्र किल्लालाई द्वन्द निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुभास मेचे, सुरबि जैन, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रले भ्रष्टाचार, राजनीति, राष्ट्रियता लगायतको बिषयलाई उठान गरेको देखिन्छ । चलचित्रमा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य छ ।

%d bloggers like this: