निर्माता विधु विनोद चोपडाले फिल्म पीकेको सुटिङका बेला सेन्सर बोर्डका सदस्य सुटिङ स्थलमै पुगेर घुस मागेको बताएका छन्। उनले राजस्तानमा सुटिङ भइरहेको बेला सेन्सर बोर्डका एक सदस्यले फिल्म पास गराउने भए अहिले नै घुस दिन भनेको तर आफूले नदिएको बताएको बलिउड भास्करले जनाएको छ। तर जब चोपडा फिल्म बोकेर सेन्सर बोर्ड पुगे उनको भेट तिनै कर्मचारीहरुसँग भयो। उनले फिल्म रोक्न धेरै प्रयत्न गरेको पनि चोपडाले बताएका छन्। ती कर्मचारीले हाल जागिरबाट अवकास पाइसकेको छन्। आमिर खान र अनुष्का शर्मा अभिनित पीके फिल्म बलिउडमै सर्वाधिक कमाउने फिल्म बनेको छ।