सकियो ‘अनुरोध’

जेबी टेलिफिल्मस्को ब्यानर तथा जगन भुसालको निर्देशनमा निर्माण भएको चलचित्र चलचित्र अनुरोधको सम्पुर्ण छायांकन सकिएको छ। करिब ३० दिनको छायांकन पश्चात चलचित्र अनुरोधको सम्पुर्ण छायांकन सकिएको निर्देशक जगन भुसालले जानकारी दिए । चलचित्रमा दिग्विजय, पारस रिजाल, स्वस्तिका लामिछाने, रीता शिवाकोटी, रमेश खड्का, शान्ति बस्नेत, स्मारिका उपाध्याय, सोनी लामा, रीतिका केसीलगायतको अभिनय रहेको छ ।

aaaa

चलचित्रमा नयाँ प्रस्तुतिका रूपमा इकिदा स्कुलकी प्रिन्सिपल कान्ता रिजालको अभिनय रहेको छ। भूमि सदुपयोग विषयको चेतनामूलक चलचित्रमा डीपी शाह चक्रवर्तीको पटकथा संवाद, जयराम थापाको छायांकन र राजन थापाको शृंगार रहेको छ। चलचित्र अनुरोध नयाँ बर्षसगैं दर्शकमाझ आउने निर्माणपक्षले जानकारी दिएको छ ।

Back To Top