Fri. May 3rd, 2024

केहि दिन अगाडी मात्र करिब २० बर्षपछि बलिउडको सुपरहिट फिल्म ‘दिलवाले दुल्हनियां ले जाएंगे’ चलचित्रहलबाट उत्रिएको खबर बाहिर आएपनि मुम्बईको एक मराठा मन्दिरमा चलचित्र दिलवाले दुल्हनियां ले जाएंगे नउत्रने भएको छ । यसै चलचित्र हलमा लगातार १००९ हप्तासम्म चलेको यो चलचित्र हल संञ्चालकले १९ फेब्रुअरीमा अचानाक अब नचलाउने घोषणा गरेका थिए । यो खवरबाट निराश भएका दर्शकहरुले हल संचलकलाई फोन , म्यासेज र सामाजिक संजालबाट चलचित्र नहटाउन लगातार आग्रह गरेपछि पुन चलचित्रलाई निरन्तरता दिईने भएको हो । बलिउडमा यो चलचित्रलाई अहिलेसम्मकै दर्शकले अत्याधिक रुचाएको चलचित्र मनिन्छ ।

ddlj

शाहरुख खान र काजोलको मुख्य भूमिका रहेको यो चलचित्र १९९५ मा रिलिज भएको थियो । रिलिज भएकै दिनदेखि अहिलेसम्म यो चलचित्र मराठा मन्दिरमा निरन्तर चलिरहेको छ । नौ हप्ता पहिले चलचित्र प्रदर्शनको हजार हप्ता पुगेको अवशरमा बिषेस कार्यक्रको आयोजना पनि गरिएको थियो । मराठा चलचित्र मन्दिरको व्यवस्थापन पक्षले यो फिल्म दर्शक हाउसफुल हुन्जेल नहटाउने अडान लिएको थियो । यो फिल्मलार्इ यशराज फिल्म्स र मराठा चलचित्र मन्दिर दुबैपक्षको सहमतिमा हटाउने निर्णय भएपछि चलचित्र एक मराठा मन्दिरबाट उत्रिएपनि दर्शकको माग र इच्छाका कारण चलचित्र पुन प्रदर्शनमा आएको बताइएको छ । चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् ।

%d bloggers like this: