Wed. Apr 24th, 2024

poojana

यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको नयाँ गीत रिलिज भएको छ । ‘हद भन्दा बढी’ नामक सार्वजनिक गीतमा निर्मात्री एवं नायिका पूजना स्त्री र नव नायक आयुष्मान घिमिरे फिचरिङ छन् । सार्वजनिक गीतमा पुजना र आयुष्मान विचको प्रेमभावलाई प्रस्तुत गरेकोे छ । शिखर सन्तोषको संगीत रहेको सार्वजनि गीतमा विश्व नेपाली र मिलन अमात्यको स्वर रहेको छ । साथैं शब्द आनन्द अधिकारीले लेखेका हुन् ।

चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको पुजनाले बताएकी छिन् ।


 

%d bloggers like this: