Mon. May 6th, 2024

neeta

योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘भूलभुलैया’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा एक्सन, मिलन, विछोड, संगीत र घतलाग्दा संवादले भरिपूर्ण छ । प्रोमोले दर्शकलाई हलसम्म तान्ने निर्देशक योगेश घिमिरेको विश्वास गरे । प्रोमोमा नायक जिवन लुईंटेल, नायिका नीता ढुङ्गाना र शोहित मानन्धर बिचको त्रिकोणात्मक प्रेमलाई पनि देखाइएको छ । शिवम अधिकारीको लेखन र बसन्त सापकोटाको संगीत रहेको फिल्म ‘भूलभुलैया’ मा बनिश शाहको सम्पादन रहेको छ । बाबु श्रेष्ठ फिल्मका छायाँकार हुन् । सुशिल कार्की, सुरेश गौतम र मणिराज कार्कीको लगानी रहेको छ । चलचित्रमा नायक जिवन लुईंटेल, नायिका नीता ढुङ्गाना,शोहित मानन्धर,मोहन निरौला र लक्ष्मी गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र चैत १३ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

%d bloggers like this: