Thu. Apr 25th, 2024

असार २३ गते बैबाहिक जिबनमा बाधिएपछि हनिमुन मनाउन भारतको सिम्ला गएको बखत नायक श्रीकृष्ण श्रेष्ठ विरामी परेपछि भारतकै एपोला हस्पिटलमा उनको भर्ना गरिएको थियो । र श्रीकृष्णको सोहि अस्पितामा निधन भएको थियो । बिबाह गरेको ३१ दिनमा नै श्रीकृष्णले स्वेतालाई छोडेर गए अनि लाखौ दर्शकहरुलाई पनि रुवाएर गए । त्यसपश्चात नायिका स्वेता खड्काले आफुलाई सम्हाल्न पनि सकिरहेकी थिइनन् । उनी शाररिक देखी मानसिक रुपसम्म अस्वास्थ थिइन । उपचारका लागी केहि महिना अगाडी मात्र मलेसिया पुगेकी स्वेताले आफ्ना शुभचिन्तक,दर्शक,आफन्तसँग फेसबुक मार्फत आफु प्रति गरेको निरन्तर माया , साथ र विश्वास अतुलनिय रहेको र आफु सँगग त्यसको प्रशंशा गर्ने कुनै शब्द नै नरहेको बताएकी छिन् ।

Sweeta-khadka-in-film-hall-8

यस्तो छ नायिका स्वेता खड्काले आफ्नो फेसबुकमा लेखेको भावपुर्णपत्र
आजको मितिसम्म हजुरहरुले म प्रति गरेको निरन्तर माया , साथ र विश्वास अतुलनिय छ । म संग त्यसको प्रशंशा गर्ने कुनै शब्द नै छैन । जिन्दगीमा आँफुले सर्वोस्वो गुमाएर रित्तिएको मान्छे मलाई हजुरहरुले दिएको जिउने आधार , मद्दत र हौशलाले गर्दा आज फेरि आँफु भरिएको अनुभूति भएको छु । म माफी चाहन्छु हजुरहरुले चाहाँदा चाहाँदै पनि मेरो शारिरीक अवस्थाका कारण कतिपय कार्यक्रमहरुमा मैले मेरो उपस्तित जनाउन सकिन । म आज यो फेसबुक मार्फत यो प्रस्टयाउन चाहन्छु कि हजुरहरुले म माथि देखेका सपना , मलाई गरेको बिस्वास र म प्रतिको लगाब मलाई मेरो शरीरले साथ दिए सम्म बेकार हुन दिनेछैन । हजुरहरुको इच्छा अनुसार म यो साता मलेसिया र छिटै अमेरिकाको कार्यक्रममा आफ्नो उपस्थिति जनाउने छु र मेरो शरीरले साथ दिए सम्म अब पुन हजुरहरु बीचमा आएर हजुरहरुले खोजेको , रोजेको र चाहेको स्वेता बन्ने सक्दो कोशिज गर्ने छु ।
यहि फेसबुक मार्फत यो पनि भन्न चाहन्छु कि आदरणिय पत्रकार मित्रहरु , नेपाली मुभि शुभ चिन्तकहरु , कोहिनुर परिवारहरु , सारा देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण आमा बुवा , दाजु भाई , दिदि बहिनी लगाएत अन्य सम्पूर्ण बर्गहरु हजुरहरुले म अलपत्र परेको अवस्थामा देखाएको शहाश , हिम्मत र धैर्यतालाई हृदयदेखि तारिफ गर्दछु र आगामी दिनहरुमा पनि यो स्वेतालाई आफ्नै साथी छोरी , दिदि बहिनी बुहारी सोचेर निरन्तर माया साथ दिनुहुनेछ भन्ने पुरा बिस्वास राख्दछु ।

%d bloggers like this: