Thu. Apr 25th, 2024

पछिल्लो समय चलचित्र एवं आधुनिक गीति गायनमा सक्रिय एवं चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठीलाई यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कारबाट सम्मान गरिने भएको छ । त्रिपाठीलाई नेपाली लोक, आधुनिक एवं मौलिक संगीतको फाँटमा पुर्याउँदै आएको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको राष्ट्रिय युवा सेवा कोषले जानकारी दिएको छ ।
स्वर सम्राट स्व.नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा वि.सं. २०४८ सालमा स्थापित गरिएको यस कोषले प्रत्येक वर्ष गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका युवा संगीतकर्मीहरुलाई पुरस्कृत गर्दै आएको छ । ४० हजार नगद राशिसहित स्वर्ण पदक र प्रमाण पत्र रहेको यस पुरस्कार माघ २७ गते मंगलबार गायिका त्रिपाठीलाई प्रदान गर्न लागिएको हो ।

%d bloggers like this: