Sat. Apr 27th, 2024

नेपालमा राम्रो प्रतिक्रिया बटुलेको चलचित्र लब यू बाबाको हङकङमा प्रदर्शन भएको छ । विश्व चलचित्र इतिहासमा नै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबालाई  हङकङबासीले निकै रुचाएका छन् । लव यु बाबाका निर्माता तथा नायक गजित बिष्टका अनुसार हङकङमा दर्शकहरुले चलचित्रलाई मन पराईदिएको बताए । चलचित्र लब यू बाबा हेरेपछि उपस्थित दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । अब चलचित्र लब यू बाबालार्य विभिन्न देशमा पनि प्रदर्शन गरिने नायक विष्टले जानकारी दिए । विश्वकै सबै भन्दा कान्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउने तरखरमा रहेका निर्देशक सौगात बिष्ट नायक गजित बिष्ट छोरा हुन्  ।

love u baba

गजितका अनुसार सौगातको चाडै नै गिनिज बुकमा नाम लेखिने बताए । फिल्मले बाउ छोरीको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्मको कथा लेखन सौगातका काका गम्भिर बिष्टको रहेको छ । लभ यू बाबामा आमाविहीन १० वर्षीया बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

%d bloggers like this: