केहि दिन अगाडी मात्र मिस युनिभर्स २०१४ को उपाधि जितेकी कोलोम्बियाकी सुन्दरी पाउलिन भेगालाई त्यहाँको विद्रोही समूह फ्राकले सरकारसँग भइरहेको वार्तामा सघाउन आग्रह गरेको छ। भेगाले मिस युनिभर्सको प्रतियोगितामा जानुभन्दा पहिले देशमा शान्ति भएको हेर्न चाहेको बताएकी थिइन्। पाउलिनले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन्। फ्राक विद्रोहीले ५० वर्षदेखि कोलोम्बियामा संघर्ष गरिरहेका छन्। सरकार र विद्रोहीका प्रतिनिधीबीच हवानामा वार्ता भइरहेको छ। उनको त्यही चाहानालाई पुरा गर्न उनलाई सरकार र विद्रोहीबीच वार्ता भइरहेको ठाउँ क्युवाको राजधानी हवाना बोलाइएको विद्रोहीको वेवसाइटमा जनाइएको छ।