Wed. Feb 5th, 2025

1071_1
हलिउडका चर्चित हाँस्यकलाकार तथा ओस्कार विजेता स्वर्गीय रोविन विलियम्सकी तेस्री पत्नी एवम उनका दुई पूर्व पत्नीहरुका सन्तानहरुवीच उनको सम्पतीलाई लिएर विवाद बढेको छ। न्यूयोर्क टाइम्सका अनुसार डिसेम्बर र जनवरीमा अदालतमा पेस गरिएका दस्तावेजहरुले रविनकी पत्नी , सुसन स्नाइडर विलियम्स तथा उनका सन्तान जेक, जेल्डा र कोडी विलियम्सकावीच सम्पतीलाई लिएर विवाद रहेको देखाएको छ। सो विवादमा रविनका लत्ताकपडा, व्यक्तिगत तस्विरहरु, साइकल तथा जीवाश्महरुको संग्रह तथा खेलौनाहरु आदि पनि परेका छन। ६१ वर्षीय रविनले गत वर्ष अगस्ट ११ मा क्यालिफोर्निया, प्याराडाइज बे स्थित घरमा आत्महत्या गरेका थिए।