चाडैं गदैंछन् जोनीले अम्बर हर्डसँग विवाह

हलिउड अभिनेता जोनी डिप अब चाडैं नै बैबाहिक जीवनमा बाधिने भएका छन् । उनले अभिनेत्री अम्बर हर्डसँग आफ्नो निजि टापुमा रहेको घर ‘लिटिल कल पोण्ड के’मा विवाह गर्नेछन। एक हलिउड अनलाइनले लेखेको खबर अनुसार उनले ५० जना पाहुनाहरुकाबीच अत्यन्त गोप्य तरिकाले विवाह गर्नेछन। विवाहमा अम्बरका पारिवारिक सदस्य, जोनका बच्चाहरु र सिमित मित्रहरु सामेल हुनेछन। उनले यसै महिनाको विवाह गर्ने बताइएको छ। ‘रम डायरी’ अभिनेत्रीसँग जोन २०१३ को डिसेम्बरदेखी प्रेममा थिए। दुवैले एकअर्कालाई पहिलो पटक सन २०११ मा भेटेका थिए।