Fri. Apr 26th, 2024

सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पाबासीले खूल्लामञ्चमा नै नेपाली चलचित्र ‘झोला’ हेरेका छन् । शुक्रबारबाट रोल्पामा जारी ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्लामञ्चमा नै ऐतिहासिक चलचित्र ‘झोला’ देखाईएको थियो । साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठुलो संख्यामा रोल्पालीहरु उपस्थित भएका थिए । चलचित्र हेर्दा धेरै महिलाहरुको आँखा रसाएको पनि थियो । श्रीमानको निधन भए पश्चात जिउँदै चितामा जलेर सति जानुपर्ने महिलाको अवस्थाको यथार्थ कुरा बाहिर ल्याएकोमा चलचित्र लिएर रोल्पा पुगेका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमल्सिनाको स्थानित दर्शकले खुलेर तारिफ गरेका थिए । दुई तीन सय बराबरको संख्यामा खुल्लामञ्चमा जम्मा भएका वालकदेखी बृद्ध उमेरसम्मका व्याक्तिहरुले रोल्पामा सिनेमा घर बनाउन पहल कदमी गरिदिन पनि झोला निर्देशक र निर्माता समक्ष आग्रह समेत गरे ।

jhola-rolpa

सामान्य रुपमा नेपाली चलचित्रको नाममात्र सुनेका रोल्पालीहरुले चलचित्रप्रति देखाएको उत्साह र चासोलाई राम्रो चलचित्र बनेमा दुर दराजसम्म नि नेपाली चलचित्रका दर्शक छन् भन्ने कुरा प्रमाणित भएको धेरैको बुझाई थियो । निर्देशक भट्टराईले नेपाली चलचित्रको बजार विस्तारको क्रम चल्दै गर्दा ‘झोला’ प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए । गरिमा पन्त, देशभक्त खनाल, सुजल नेपाल, दिपक क्षेत्री, लक्ष्मी गिरी मुख्य भुमिका रहेको यो चलचित्रमा राजसँगै रामगोपाल थापा, मालती शाह, सुशिल शाहको पनि लगानी छ । सार्वजनिक प्रदर्शनको क्रममा दर्शकको मन जितेको यो चलचित्र अहिले विदेशमा विभिन्न सहरमा पनि प्रदर्शनको क्रममा छ भने निर्माण युनिटले नेपाली चलचित्र ईतिहासमा नै पहिलो पटक चलचित्र पुनः प्रदर्शन गर्ने अभियानमा जुटेको छ ।

%d bloggers like this: