Wed. Dec 6th, 2023

saharuk

बलिउडका सुपरस्टार शाहरुख खानलाई उनको बान्द्रामा रहेको घरको अघि रहेको र्‍याम्प (विशेष बाटो) लाई भत्काउन स्थानीय प्रशासनले निर्देशन दिएको छ। बान्द्राको सिमेन्ट रोडमा रहेको शाहरुखको घर अगाडीको सो र्‍यामले गर्दा यात्रुलाई अफ्ठ्यारो परेको उजुरी परेको थियो। विशेष गरी सो रोड भएर माउन्ट म्यारी चर्चमा जानेलाई समस्या भएको बताइएको छ। शाहरुखले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। खबरका अनुसार शाहरुखले यसभन्दा अघि नै उक्त बाटो हटाउने मनसाय बनाइसकेका थिए ।

%d bloggers like this: