Fri. Apr 19th, 2024

hawaldar

चैत २७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा नायिका शिल्पा पोखरेललाई शसक्त भुमिकामा देख्न सकिन्छ । शिल्पाका अलावा दुई नायक सविन श्रेष्ठ र किशोर खतिवडा समेत ट्रेलरमा देखिएका छन् । तर फिल्म नारी प्रधान भएकाले शिल्पा नै ट्रेलरमा हावी भएकी छिन् । हवल्दार सुन्तलीलाई छविराज ओझाले निर्माण गरेका हुन । फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन । आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

%d bloggers like this: