Thu. Apr 25th, 2024

अन्तराल चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा महिला निर्देशकको रुपमा डेब्यू गरेकी दीपा बस्नेतलाई भारतको उडिसा राज्यमा रहेको प्रख्यात यूनिभर्सिटी ‘कलिंगा इन्टिच्यूट अफ इन्डेस्ट्रियल टेक्नोलोजि’ले सम्मान गरेको छ । भारतीय स्वतन्त्रता दिवसको दिन चलचित्र निर्देशक दीपा बस्नेतलाई नेपालको तर्फबाट अथितीको रुपमा निमन्त्रणा गरेको थियो । यहि अबसरमा निर्देशक बस्नेतलाई उडिसा राज्यमा रहेका चलचित्रकर्मीहरु माझ परिचित गराई उनलाई सम्मान पनि गरेको थियो । कार्यक्रममा किट यूनिभर्सिटीका संस्थापक डाक्टर अच्युत सामन्त, सिने क्रिटिक्स एसोसियसन उडिसाका अध्यक्ष प्रदोशन पटनायक, सचिव दिलिप हली, उडिसा राज्यकी चर्चित नायिका अनु चौधरी तथा कादम्बिनी मिडियाकी सम्पादक इती सामान्त लगायतको उपस्थिती थियो ।

dipa

उक्त कार्यक्रममा बोल्दै निर्देशक दीपा बस्नेतले नेपाली चलचित्रको सिनारियो संम्क्षीप्त रुपमा राखेकी थिइन् । कार्यक्रममा किट यूनिभर्सिटीका संस्थापक डाक्टर अच्युत सामन्तले निर्देशक बस्नेतले चलचित्र निर्देशनको शिक्षा हासिल गरेको र सामाजिक केही मुद्दाहरुमा चलचित्र बनाइसकेकाले उनलाई यूनिभर्सिटीको तर्फबाट अन्तरराष्ट्रिय परामर्शदाताको रुपमा नियुक्ती गरिएको बताए । आगामी मार्च महिना देखि औपचारीक रुपमा उक्त युनिर्भसिटीको शाखा अफिस काठमाडौंमा उद्घाटन हुनेछ । नेपालको शैक्षिक क्षेत्रको लागि र चलचित्र क्षेत्रको लागि पनि निर्देशक बस्नेतको यो भुमिका सरहानीय रहने छ । निर्देशक बस्नेतले ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ गरि २ वटा चलचित्र निर्देशन गरिसकेकी छिन् ।

%d bloggers like this: