Mon. Dec 4th, 2023

salmankhan

अश्लिल र भद्दा भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको भारतीय प्रहसन कार्यक्रम ‘रोष्ट सो’बाट बलिउडस्टार सलमान खान पनि रुष्ट बनेका छन। कार्यक्रममा आफ्ना पारिवारिक सदस्यको अपमान गरेकोमा सलमानले असन्तुष्ट बनेका हुन। कार्यक्रममा सलमान खानकी बहिनी अर्पिता खानलाई व्यंग्य गर्दै खिल्ली उडाइएको छ। विवाह अगाडी अर्जुन कपुरसँग ‘डेट’ गरेकाले कार्यक्रममा उनको खिल्ली उडाइएको थियो जून कुरा सलमान खानलाई मनपरेन । उनले सो भिडियोलाई हटाउन कार्यक्रम निर्मातालाई स्पष्ट शब्दमा चेतावनी दिए। विरोध बढ्दै गएपछि सो कार्यक्रमलाई हाल यूट्यूबबाट हटाइएको छ।

%d bloggers like this: