Thu. Apr 25th, 2024

बलिउडका चर्चित अभिनेता राहुल देव आज नेपाल आउँदै छन । उनी चलचित्र ‘डेन्जरस फेसबुक’को सुटिङका लागी नेपाल आउदै छन् । सुटिङ युनिटका अनुसार राहुल देव बिहिबार नेपाल ओर्लनेछन । नेपालमा केहि दिन सुटिङ र घुमघामपछि उनी स्वदेश फर्कनेछन । राहुलदेव हिन्दी, पञ्जाबी तथा तेलुगु चलचित्रको प्रख्यात कलाकार हुन । उनी अधिकांश चलचित्रमा खलनायकको रुपमा देखिने गरेका छन । प्रखर अभिनय र डरलाग्दो लुक्सका कारण उनलाई खलनायकको रुपमा रुचाउनेहरु धेरै छन । काठमण्डौ, पोखरा, लुम्बिनि लगायत विभिन्न स्थानमा खिचिने हिन्दी चलचित्र डेन्जरस फेसबुकमा पनि उनको सशक्त अभिनय रहनेछ । चलचित्र लाई नेपाली निर्देशक सानु शाक्यले निर्देशन गर्दैछन भने अन्य थुप्रै नेपाली प्राविधिकहरु फिल्ममा छन ।

%d bloggers like this: