Mon. Jun 27th, 2022

mallika

बलिउडमा देह दर्शनका लागि उदार नायिकामध्ये पर्छिन मल्लिका शेरावत । छोटा पहिरनमा ग्ल्यामर दिन उनी निकै खप्पिस छिन् । छिटै प्रर्दशनमा आउन लागेको फिल्म ‘डर्टी पोलिटिक्स’ पनि उनले आफ्नो स्थापित छविअनुसार नै ग्ल्यामर, रोमान्स र बेड सिनका दृष्य दिएकी छिन् । तर, मल्लिकाले यस्ता सेक्सी अभिनयबाट आफु थाकिसकेको बताएकी छिन् । इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै मल्लिकाले भनिन-‘मलाई जहिले पनि बलिउडबाट यस्तै सेक्सी भूमिकाका लागि अफर आउँछ, तर, म एउटा आइटम गीतमा नाच्ने र जीउ देखाउने छोटो भूमिकामात्र गर्न चाहान्न ।’ ‘म एक कलाकार हुँ र भिन्नभिन्न भूमिकामा आफ्नो क्षमता देखाउन चाहान्छु तर, सवैले मलाई सेक्सी भूमिकामात्र अफर गर्दा दिक्क लागिसक्यो, म थाकिसकेँ’ उनले भनिन् । डर्टि पोलिटिक्सले आफ्नो भिन्न अभिनय क्षमताको उजागर गर्ने उनको बिश्वास छ ।