जेलमुक्त भए लगत्तै संजय बन्ने भए गुण्डा

sanjay-100
करण जोहरले निर्माण गर्न लागेको ‘शुद्दी’मा खलनायकको भूमिकामा हाल जेल सजाय भोगिरहेका संजय दत्तलाई लिइएको खुलासा गरेका छन। ‘शुद्दी’ जेलबाट निस्केपछि संजयले सुटिङ् गर्ने पहिलो चलचित्र हुनेछ जसमा सलमान खान मुख्य भुमिकामा रहेका छन। संजय दत्त यस वर्ष अगस्टसम्म जेलमुक्त भइसक्नेछन। हाल चलचित्रको लागि नायिकाको खोजी भइरहेको छ। करणको फिल्ममा संजय दत्त दोस्रो पटक नकारात्मक भूमिकामा निभाउदैछन। यस अघि संजयले करंण निर्मित ‘अग्नीपथ’को रिमेकमा कान्चा चिनाको भुमिकामा अभिनय गरेका थिए। ‘शुद्दी’लाई आगामी वर्षको दिपावलीमा रिलिज गरिने छ।

Back To Top