Sat. Apr 27th, 2024

मिस तामाङ २०१५ को ताज लक्ष्मी तामाङ मोक्तानले जित्न सफल भएकी छिन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले ताज आफ्नो पोल्टामा पारेकी हुन् । प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायकमण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा ‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् । लक्ष्मीले ताजसहित विभिन्न उपहार पाइन् । प्रतियोगितामा मनीषा योञ्जनले मिस टयालेन्टसँगै फस्ट रनर अप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिएका छन् । प्रतियोगितामा पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले बेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक र पेमा घिसिङले डिस्सिप्लिनको सबटाइटल उपाधि पाए ।

15020131unnamed.jpgrjutjtu

त्यस्तै, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एसएमएस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोषी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाख्रिनले ब्युटी विथ पर्पोजको उपाधि पाए । प्रतियोगीहरुलाई रोजिन शाक्यले करिब एक महिना कोरियोग्राफी गरेका थिए । यसअघिका अधिंकाश संस्करणहरु ल्होसारको अवसरमा टुँडीखेलमा हुँदै आएको थियो । एभरेस्ट फेसन होमले यस मिस तामाङ आयोजना गदैं आएको छ ।

%d bloggers like this: