Fri. Apr 19th, 2024

बलिउड अभिनेत्री मल्लिका सेरावतको नयाँ चलचित्र ‘डर्टी पोलिटिक्स’को संगीत सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्नो अनौठो रुचि र माग सुनाएकी छिन् । उनले आफू राजनीतिमा आउन चाहेको खुलासा पनि गरिन् । तर उनले आफू राजीतिमा आए पनि त्यो सशर्त हुने संकेत गरिन् । उनको रहर र माग चानचुने छैन । भारतको विदेशमन्त्रीको जिम्मेवारी पाएमा उनी राजनीतिमा जाने बताइन् ।

रहरसँगै उनले दावी पनि गरिन्, ‘मसँग भारत र अन्य राष्ट्रबीचको सम्बन्ध राम्रो बनाउने क्षमता छ ।’ उनको आउँदो चलचित्र डर्टी पोलिटिक्स राजनीतिक विषयवस्तुमा आधारित छ । उनले मोदीलाई सम्बोधन गर्दै भनिन्, ‘मोदीजीले मलाई विदेशमन्त्री बनाउन्, म राजनीतिमा जान्छु ।’

%d bloggers like this: