Wed. Apr 24th, 2024

२०७२ सालको जनै पूर्णिमामा प्रदर्शन हुन लागेको चलचित्र ‘चंखे शंखे पंखे’को अडियो गीत रिलिज भएको छ । एकनारायण भण्डारीको शब्द रहेको ‘फेसबुकले’ नामक बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर रहेको छ । बर्षकै सर्वाधिक बजेटमा बनेको भनिएको चलचित्र चंखे शंखे पंखेमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्मा, नन्दिता केसी, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

chankhe

चलचित्रमा गोविन्द राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व, राजेश श्रेष्ठको छायांकन हुनेछ । रामशरण पाठकको कथा, ताराप्रकाश लिम्बुको संगीत रहने चलचित्रमा ३ गीत समावेश छन् । चलचित्रमा चंखेको भूमिकामा सुवास थापा, शंखेको भूमिकामा सुदर्शन थापा र पंखेको भूमिकामा प्रेम पुरी देखिदैछन् । सुदर्शन थापाले निर्देशन रहेको यस चलचित्रमा सन्तोष सेन ठकुरीको लगानी गरेका छन् ।

अडियो गीत हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=z6AVaVomVH8

%d bloggers like this: